फजूल खर्चलाई निरुत्साहित गर्न सामूहिक विवाह समारोह

एजेन्सी । चीनमा फजुल खर्च निरुत्साहित गर्न सेप्टेम्बर २२ मा सामुहिक विवाह कार्यक्रम आयोजना गरिएको ‘अल चाइन विमिन फेडेरेसन’ ले जनाएको छ ।
हङकङ, मकाउ र ताइवानका कुल पाँच हजार दम्पतीले उक्त सामूहिक विवाह समारोहमा भाग लिन सक्ने जनाइएको छ । फेडेरेसनलगायत अन्य पाँच संस्थाद्वारा सार्वजनिक लाभ गतिविधिको रूपमा आयोजना गरिएको परम्परागत चिनियाँ विवाह समारोहको उद्देश्य सरल विवाहलाई बढावा दिई असाधारण विवाहको चलनलाई निरुत्साहित गर्नु हो ।
कार्यक्रम बेइजिङमा हुने तथा भिडियोमार्फत देशभरि एकैसाथ समारोह आयोजना गरिने स्रोतले जनाएको छ । सामूहिक विवाहमा भाग लिन इच्छुक जोडीले महासङ्घको आधिकारिक विच्याटमार्फत विवाह प्रमाणपत्रका साथ आवेदन दिन सक्नेछन् ।
नागरिक मामिला मन्त्रालयको तथ्याङ्क अनुसार चीनमा सन् २०२३ मा करिव ७६ लाख विवाह दर्ता भएका छन् । हाल चीनले विवाह दर्ता प्रक्रियालाई सरल बनाएको घोषणा गर्दै दम्पतीहरूले अब विवाहको लागि दर्ता गर्दा दर्ता पुस्तिका प्रस्तुत गर्न आवश्यक नपर्ने जनाएको छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया