३ लाख घुससहित प्रधानाध्यापक र सर्जिकल पसल सञ्चालक अख्तियारको नियन्त्रणमा
काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २ जनालाई ३ लाख घुससहित नियन्त्रणमा लिएको छ । अख्तियारले आज रौतहटस्थित श्री विश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेश कुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्र कुमार झालाई घुससहित नियन्त्रणमा लिएको हो ।
प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग ३ लाख घुस मागेको भन्ने उजुरीको आधारमा अख्तियारको टोलीले अनुसन्धान गर्दा दुबै जनालाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया