सर्वोच्चबाट नेकपा फिर्ता ल्याएका कट्टेललाई पार्टी साधारण सदस्यबाटै निष्काशन

काठमाडौं । गतवर्ष सर्वोच्च अदालतको उत्प्रेषण आदेशमार्फत एमाले र माओवादी मिलेर बनेको नेकपालाई बदर गर्ने नेता हुन् ऋषि कट्टेल । उनले नेकपा नामको पार्टी पहिले आफ्नो भएको भन्दै एमाले–माओवादी मिलेर बनेको नेकपा खारेज गर्ने मागसहित मुद्दा हालेका थिए ।
सर्वोच्चमा लडेर पार्टी फिर्ता ल्याएका कट्टेललाई उनकै पार्टीले साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको छ । माघ १३ गते नेकपाले एक विज्ञप्ति जारी गर्दै कट्टेलाई साधारण सदस्यसमेत नहरनेगरी निष्काशन गरेको जनाएको छ ।
पार्टीको विधानविपरीत दलको अहित हुनेगरी काम गरेको भन्दै माघ ५ गते छानबिन समिति बनाइएको थियो । तर, छानबिन समितिले माघ ७ गते मागेको स्पष्टीकरणको जवाफ नदिएपछि निष्काशन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले लोकनारायण सुवेदीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको छ । सुवेदी एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजकसमेत हुन् ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया