राजधानीमा कम मात्रामा भित्रियो फलफूल तथा तरकारी
काठमाडौ । तीन दिनेदेखि परेको अविरल वर्षाले देशका विभिन्न स्थानमा आएको बाढीपहिरोको प्रभावले राजधानीमा अन्य समयको तुलनामा कम मात्रामा फलफूल तथा तरकारी भित्रिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार राजधानीमा शनिबार एक सय ५६ टन फलफूल तथा तरकारी भित्रिएको थियो । आज भने ३८ टन मात्र फलफूल र तरकारी भित्रिएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले दीए । सामान्य अवस्थामा राजधानीमा छ सयदेखि सात सय टनसम्म फलफूल तथा तरकारी भित्रिने गरेको भन्दै आज ३८ टन मात्रै भित्रिएको उनले जानकारी दिए ।
पूर्वी एवं मध्य नेपालमा पछिल्लो तीन दिनसम्म परेको भारी वर्षासँगैको बाढी र पहिरोले मुख्य सडक अवरुद्ध भएकाले कम फलफूल तथा तरकारी भित्रिएको हो । थोरै सामान भित्रिएपछि फलफूल र तरकारीको मूल्य सतप्रतिशत बढेको सूचना अधिकारी श्रेष्ठले उल्लेख गरे ।
राजधानीमा छिमेकी जिल्लाहरु धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोकका साथै मधेश प्रदेशका केही जिल्ला तथा मित्रराष्ट्र भारतबाट पनि फलफूल तथा तरकारी आउने गरेको समितिले जनाएको छ ।
ताजा अपडेट
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना
-
सुनको मूल्य ३ लाख माथि पुग्यो


प्रतिक्रिया