NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

सन् २०५० मा १० प्रतिशतभन्दा बढी जापानी वृद्धवृद्धाको नजिकको नातेदार नहुने : सर्वेक्षण

जापान । जापानमा सन् २०५० मा ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या १.५ गुणाले वृद्धि हुने र १० प्रतिशतभन्दा बढी वृद्धवृद्धा नजिकको आफन्तबिहीन हुने स्थानीय सञ्चारमाध्यमले हालै सार्वजनिक रिपोर्टलाई उद्धृत गरी आइतबार जनाएका छन् ।

जापान रिसर्च इन्स्टिच्युटले गरेको सर्वेक्षणअनुसार हाल ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका वृद्धवृद्धाको सङ्ख्या ४४ लाख ८० हजार छ । सन् २०५० सम्ममा यो सङ्ख्या तीन करोड ९० लाखभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।

क्योदो न्यूजका अनुसार जापानमा विवाह गर्नेको सङ्ख्या कम भएकाले वृद्ध जनसङ्ख्या बढ्दै गएको र यस्तो अवस्थामा अस्पताल र हेरचाह गृहका रहेका वृद्धवृद्धाको कसले ग्यारेन्टीको भूमिका निर्वाह गर्ने भन्ने चिन्ता बढेको छ ।

जापानको नागरिक संहिताले आफ्नो वृद्ध परिवारका सदस्यलाई सहयोग गर्ने जिम्मेवारी तीन पुस्ता भित्रका नातेदारलाई दिएको प्रतिवेदनमा उल्लेख छ ।

नेशनल इन्स्टिच्युट अफ पपुलेशन एण्ड सोसियल सेक्युरिटी रिसर्चको तथ्याङ्कमा आधारित अनुमानअनुसार कुनै नजिकको नातेदार नभएका र सार्वजनिक दीर्घकालीन हेरचाह बीमा अन्तर्गत दीर्घकालीन हेरचाह वा समर्थनको आवश्यकता को रूपमा प्रमाणित भएका वृद्ध व्यक्तिहरू २०५० मा  तीन करोड ४० हजार देखि पाँच करोड ९० हजारसम्म पुग्ने अनुमान गरिएको छ।