डुब्यो क्षतिग्रस्त रुसी पानीजहाज मस्क्भा
काठमाडौं (एजेन्सी) । मस्क्भा नामक रुसी नौ सेनाको पानीजहाज अन्ततः समुद्रमा डुबेको छ ।
रुसी रक्षा मन्त्रालयले विस्फोटनबाट क्षतिग्रस्त आफ्नो पानीजहाज डुबेको जनाएको छ । १२ हजार टन तौलको उक्त पानीजहाज विरोधीको कारबाहीमा डुब्ने द्वितीय विश्वयुद्ध यताकै सबभन्दा ठूलो हो।
आफूले प्रहार गरेको क्षेप्यास्त्र लागेर रुसी पानीजहाजमा क्षति पुगेको दाबी युक्रेनले गरेको थियो । तर रुसले भने इन्कार गरेको छ । बिहीवार खराब मौसमका माझ मस्क्भालाई किनारातर्फ तानेर लगिँदै गर्दा डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । पानीजहाजमा रहेका सबैलाई अर्को जहाजमा सारिएको छ ।
मस्क्भालाई रुसले आफ्नो सैन्य शक्तिको प्रतिष्ठाको रूपमा लिने गरेको थियो । युक्रेनविरुद्ध रुसी नौसैनिक आक्रमणको प्रमुख हिस्सा पनि थिय, यो पानीजहाज । मस्कोीस्थत बिबिसीका संवाददाताले मस्क्भा रुसी सैन्य क्षमताको एक प्रतीक जस्तो रहेको र त्यो प्रतीक ध्वस्त भएको र डुबेको विषयले रुसी सेनाको प्रतिष्ठामा ठूलै धक्का लागेको बताएका छन् ।
अमेरिकी रक्षा मन्त्रालयले पनि रुसी नौसेनाको निम्ति यो गम्भीर धक्का भएको निष्कर्ष निकालेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया