धवलागिरिमा तीन महिनापछि यातायात सञ्चालन

म्याग्दी– भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाका सडकहरुमा तीन महिनापछि यातायात सञ्चालन हुन थालेका छन् ।
सात वटा वडा रहेको धवलागिरिको गाउँपालिकाको केन्द्र जोड्ने बेनी–दरवाङ–धारापानी– ताकम–मुना बाहेक अन्य सडकहरु बाढी र पहिराका कारण गत असार महिनाको अन्तिम सातादेखि अवरुद्ध भएका थिए ।
धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बर्खा रोकिएपछि डोजर परिचालन गरेर पहिरो पन्छाएर सबै सडकमा सहज रुपमा यातायातका साधानको व्यवस्था मिलाएको जानकारी दिए ।
सडकमा सवारी साधन सञ्चालन भएपछि स्थानीयबासीलाई आवतजावतका साथै निर्माण, दैनिक उपभोग्य सामग्री ढुवानी, कृषि तथा पशुजन्य बस्तु बिक्रीका लागि बजार पठाउन सहज भएको धवलागिरि गाउँपालिका–२ लुलाङका वडा अध्यक्ष अकप्रसाद बिकले बताए ।
सडक मर्मत भएपछि यातायात कम्पनीहरुले बस, जिप सञ्चालन गरेका छन् । इन्धनको भाउ घटेकाले भाडादर पनि समायोजन गरिएको छ । लुलाङ, खोरीया, लमजुङ, मुना, फलीयागाउँ, दर, मुदी, नाउरा, खिवाङ, मलम्पार, मल्कवाङ, बुल, मराङ, राम्चे, आरवाङ, ताकम, धारापानी, शिवाङ, मच्छिम, हिलापोखरी काफलडाडाको बस्तिका सडक मर्मत गरिएको हो ।
धवलागिरि गाउँपालिकाको वडा नम्बर –१ गुर्जा बाहेकका वडा र सबैजसो बस्तिहरुमा सडक सुविधा पुगेको छ । धवलागिरि–२ लुलाङदेखि गुर्जा जोड्ने सडक आयोजना निर्माणाधीन रहेको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया