प्रधानमन्त्री ओलीले किन बोलाए सत्तारुढ दलको बैठक ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्तारुढ दलहरूको बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा अहिले बिहान ९ बजेबाट बैठक सुरु भएको हो ।
आफू नेतृत्वको सरकारको सय दिनको काम/कारबाहीको आलोचना भइरहेका बेला ओलीले सत्तासाझेदार दलबीच छलफल गरेका हुन् ।
बैठकमा सरकारका काम/कारबाही र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
एमाले अध्यक्षसमेत रहेका ओली गत असार ३० गते कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका थिए । ओलीले बुधबार नै आफू नेतृत्वको सरकारले १०० दिनमा गरेका उपलब्धि सार्वजनिक गर्दैछन् ।
दुई ठूला दल मिलेर गठित सरकारले जनताबीच आशा जगाउने आशा गरिए पनि ओली नेतृत्वको सरकारमाथि जनभावनाअनुरूप काम गर्न नसकेको आरोप छ । यद्यपि, प्रधानमन्त्री र सरकारका मन्त्रीहरूले भने सरकारले राम्रो काम गरिरहेको दाबी गरिरहेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया