एलन मस्कलाई ट्रम्पले गरे विशेष पदमा नियुक्त
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मन्त्रिपरिषद्मा महत्त्वपूर्ण पदहरूमा धमाधम नियुक्त गरिरेका छन् । यसैक्रममा उनले अमेरिकी रक्षामन्त्री, सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) प्रमुख र ह्वाइट हाउस काउन्सिलमा नियुक्ति गरेका छन्।
भारतीय मूलका विवेक रामास्वामी र एलोन मस्कलाई डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसियन्सीको जिम्मेवारी दिइएको छ ।
मस्क र विवेक दुवैले भर्खरै सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई सहयोग गरेका थिए । त्यसकै गुन तिर्न ट्रम्पले दुवैलाई जिम्मेवारी दिएका हुन् ।
उनीहरूले अब ट्रम्प नेतृत्वको सरकारी संयन्त्रलाई प्रभावकारी बनाउन भूमिका खेल्नेछन् ।
ट्रम्पले यी दुईले अब नोकरशाहीको अन्त्य गर्न, सरकारी खर्च कम गर्न र संघीय एजेन्सीको पुनर्गठन गर्न भूमिका खेल्ने उल्लेख गरेका छन् ।
यसैबीच, ट्रम्पले पिट हेगलाई रक्षामन्त्री, जोन –याटक्लिफ्टलाई सिआईए प्रमुख र विलियम जोसेफलाई ह्वाइट हाउसको सल्लाहकारमा नियुक्त गरेका छन् ।
पिट पूर्व सैनिक अधिकारी हुन् । उनीसँग दुई सैनिकहरूको वकालत समूहका प्रमुखको भूमिकामा काम गरेको अनुभव छ ।
हाल उनी फक्स न्युजको होस्ट छन् ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया