NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

गोहोरो बलात्कार गरेको आरोपमा चार जना पक्राउ

काठमाडौं । भारतको महाराष्ट्रस्थित सह्याद्री टाइगर रिजर्भमा बेंगाल मोनिटर लिजार्ड अर्थात् गोहोरोलाई बलात्कार गरेको घटना बाहिर आएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेकाे छ ।

चन्दोली राष्ट्रिय निकुञ्जमा अवैध रूपमा प्रवेश गरेको आरोपमा यी चारजनाविरुद्ध चैत ११ गते मुद्दा दर्ता भएको थियो । यो पार्क टाइगर रिजर्व भित्र पर्छ ।

मुद्दा दर्ता गरेपछि अधिकारीहरूले यी अभियुक्तको मोबाइल फोन जाँच गर्दा त्यसमा गोहोरोलाई बलात्कार गरेको भिडियो देखेपछि यसबारे खुलेको हो । सह्याद्री टाइगर रिजर्व महाराष्ट्रका चार जिल्लाहरू सतारा, सांगली, कोल्हापुर र रत्नागिरीमा फैलिएको छ ।

रत्नागिरी जिल्लाको गोठाने गाउँमा घटना भएको हो ।

चन्दोली राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि ट्र्याप क्यामेरा जडान गरिएको थियाे । ती क्यामेराको निरीक्षणका क्रममा गोठाने गाउँको एक इलाकाबाट क्यामेरा हराएकाे थियाे । तर यसको अगाडि जडान गरिएको दोस्रो क्यामेराबाट केही संदिग्ध व्यक्तिहरू देखिएका थिए ।

यी मानिसहरू शिकारमा प्रयोग हुने हतियार बोकेर हिँडेको क्यामेरामा देखिन्थ्यो । यसपछि ३१ मार्चमा वन्यजन्तु संरक्षण ऐन १९७२ अन्तर्गत अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्ता भएपछि अनुसन्धान टोलीले हातिव गाउँबाट संदिग्ध एक जनालाई पक्राउ गरेको थियो । पछि रत्नागिरी जिल्लाको मराल गाउँबाट सोही मुद्दामा थप दुई जना पक्राउ परेका थिए । यस घटनामा हालसम्म चार जना पक्राउ परेका छन् ।

यसपछि, वन अधिकारीहरूले संदिग्धहरूको मोबाइल फोनहरू जाँच गर्दा खरायो, मृग, पेगोलिन जस्ता धेरै जनावरहरूको तस्बिर भेटिएकाे थियाे र याेसँगै साढे चार फिट लामो गाेहाेराेलाई अप्राकृतिक यातना दिएको भिडियो फेला पारेका हुन् ।

वनमा अवैध प्रवेश गरेको पाइएमा उनीहरूलाई ५ लाख रुपैयाँ जरिवाना र ७ वर्षसम्म कैद सजाय हुन सक्छ । यदि गोहोरोलाई गरेको अत्याचारमा दोषी ठहरिए भने भारतीय दण्ड संहिताको धारा ३७७ अन्तर्गत १० वर्षसम्म जेल सजाय हुन्छ ।