सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
काठमाडाैं । सन् २०२३ मा विश्वभर करिब ८५ हजार महिला तथा बालिकाको हत्या भएको राष्ट्रसङ्घले जनाएको छ । जसमा ६० प्रतिशत हत्या साथी तथा परिवारका सदस्यहरूद्वारा गरएिको उल्लेख गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घको लागु औषध तथा अपराध कार्यालय (यूएनओडीसी) र राष्ट्रसङ्घको महिला विभागले महिला विरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाउन प्रकाशित गरेको प्रतिवेदनले गत वर्ष हरेक दश मिनेटमा एक महिलाको हत्या भएको पुष्टि गरेको छ ।
प्रतिवेदनका अनुसार अफ्रिकाले गत वर्ष साझेदार र परिवारसँग सम्बन्धित महिला हत्याको उच्चतम दर रेकर्ड गरेको छ त्यसपछि अमेरिका र ओसिनिया रहेका छन् ।
प्रतिवेदनले अपराधीहरूलाई जवाफदेही बनाई अब्बल न्याय प्रणालीको लागी जिवितहरुलाई सहयोग सुनिश्चित गर्नु पर्ने बताउदै युएनओडीसीका कार्यकारी निर्देशक घडा वलीले लैङ्गिक पूर्वाग्रह तथा महिलाविरुद्धको हिंसालाई अन्त्य गर्न आह्वान गरे ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया