इजरायल र लेबनानबीच युद्धविराम गर्ने सहमति
काठमाडौं (एजेन्सी) । युद्धरत इजरायल र लेबनान युद्धविराम गर्न सहमत भएका छन् ।
सुरुमा लेबनानले इजरायलसँग युद्धविराम गर्न प्रस्ताव गरेको थियो । इजरायलको सुरक्षा क्याबिनेटले उक्त प्रस्ताव स्वीकार गरेसँगै दुईबीच युद्धविराम हुने भएको हो ।
इजरायलले हिजबुल्लाहलाई लक्षित गर्दै आक्रमण गरेपछि केही समययता दुई देशबीच युद्ध जारी थियो । दुई देशबीच भएको युद्धविरामको सहमति छिट्टै कार्यान्वयनमा जाने विश्वास गरिएको छ ।
दुई देशबीच भएको युद्धविराम सहमतिमा इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुने र हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूह फिर्ता गर्ने उल्लेख छ ।
दुई देशबीच भएको युद्धविराम सहमतिको अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिरियो गुटरेसले युद्धविराम सहमतिलाई इमानदारिताका साथ कार्यान्वयन गर्न दुवै पक्षलाई आह्वान गरेका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया