नेपाल प्रहरीका चार एसपीको एसएसपीमा बढुवा
काठमाडौं । नेपाल प्रहरीको स्वास्थ्य समूहका चार प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ ।
गृह मन्त्रालयअन्तर्गतको बढुवा समिति बिहीबार बसेको बैठकले प्राविधिक सेवाका उनीहरूलाई सोही सेवाको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेहरूमा डा. केदार खड्गी, डा. छन्दबहादुर बुढाथोकी, डा. पवनकुमार राय र डा. सुवर्ण कुँवर छन् ।
बढुवा सिफारिस समितिको सचिवालयले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम उनीहरूको बढुवा सिफारिस गरिएको जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया