काठमाडौं महानगरपालिकाभित्र प्लास्टिकजन्य फोहोर जलाउन निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फोहोर जलाउन निषेध गरेको छ ।
प्लास्टिकजन्य फोहोरमैला तथा अन्य फोहोर जलाउने कार्यले वायु प्रदूषण वृद्धि हुनुका साथै जनस्वास्थ्यमा समेत प्रतिकूल असर परेको भन्दै महानगरपालिकाले यस्ता फोहोर जलाउन निषेध गरेको हो ।
काठमाडौं महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै कोही कसैबाट यस्ता कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८१ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
यी ऐनमा कसैले खुला रूपमा फोहोर गरेमा वा प्लास्टिकजन्य फोहोर बालेर वातावरण प्रदूषण गरेर नगद जरिवाना गर्नेलगायत व्यवस्था छन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया