रहेनन् भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह

काठमाडौं । भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षीय सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
बिहीबार राति एक बुलेटिन सार्वजनिक गर्दै एम्स अस्पतालले राति ९ः५१ मिनेटमा सिंहको निधन भएको जनाएको छ ।
भारतीय कांग्रेस सम्बद्ध सिंह सन् २००४ देखि सन् २०१४ सम्म भारतको प्रधानमन्त्री थिए ।
अर्थशास्त्रीसमेत रहेका सिंहले आफ्नो प्रधानमन्त्रीत्वकालमा भारतको अर्थतन्त्र सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । संकटोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई सुधार गर्नुका साथै दिगो विकासमा जोड दिएको जस उनलाई दिने गरिन्छ ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया