बेलायती प्रधानमन्त्रीलाई रुस प्रवेशमा प्रतिबन्ध
मस्को । रुसले बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अन्य उच्च बेलायती अधिकारीहरुलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ । युक्रेनमा भएको आक्रमणका कारण बेलायतले रुसमाथि प्रतिबन्ध लगाएपछि मस्कोले यो घोषणा गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।
रुसको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘रुसलाई अन्तर्राष्ट्रिय रूपमा एक्लो पार्ने, रुसमाथि प्रतिबन्ध लगाउने र अर्थतन्त्रलाई नोक्सान पुर्याउने लन्डनको राजनीतिक अभियानको प्रतिक्रियास्वरूप यो कदम चालिएको हो ।’ रुसी वरिष्ठ अधिकारीमाथिको प्रतिबन्धको सन्दर्भमा रुसको विदेश मन्त्रालयले बेलायतले रुसविरुद्ध काम गरेको आरोप लगाएको छ ।
मन्त्रालयले भन्यो, ‘बेलायत सरकारले नेटोको तर्फबाट जानाजानी युक्रेन वरिपरि दबाब बढाउँदैछ, घातक हतियारको साथ किएभलाई उक्साउँदै छ।’
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबाहेक उपप्रधानमन्त्री डोमिनिक राब, विदेशमन्त्री लिज ट्रस, रक्षा चिव बेन वालेस, पूर्व प्रधानमन्त्री थेरेसा मे र स्कटल्याण्डका प्रथम मन्त्री निकोला स्टर्जनलाई रुस प्रवेश गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ ।
युक्रेनमा रुसले गरेको आक्रमणलाई लिएर अमेरिका, बेलायतलगायत विश्वका धेरै देशले सामूहिक रूपमा धेरै किसिमका प्रतिबन्ध रुसमाथि लगाएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया