सिंहदरबारमा विपक्षी दलको बैठक सुरु
काठमाडौं । सत्ताबाहिर रहेका विपक्षी दलहरू संवादमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय, सिंहदरबारमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।
बैठकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलका नेताहरू सहभागी छन् ।
संघीय संसदको हिउँदे अधिवेशनमा सहकार्य गरेर जाने सम्बन्धमा छलफल गर्न बैठक आह्वान गरिएको विपक्षी दलका नेताहरूले जनाएका छन् ।
संघीय संसदको हिउँदे अधिवेशन भोलि शुक्रबारबाट सुरु हुँदैछ ।
सत्तारूढ दलले संसदको हिउँदे अधिवेशन आह्वान नगरी केही साताअघि विभिन्न अध्यादेश ल्याएको थियो । त्यसलाई संसदको अधिवेशन सुरु हुनेबित्तिकै प्रस्तुत गरेर पास गर्ने सत्तापक्षीय दलको तयारी छ । तर विपक्षी दलले भने संसदको अवमूल्यन गर्दै अध्यादेश ल्याइएको भन्दै त्यसको प्रतिरोध गर्ने चेतावनी दिँदै आइरहेका छन् । यद्यपि, अध्यादेशलाई पास हुन रोक्ने संख्या भने विपक्षी दलसँग छैन ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया