युएनएचआरसीबाट किन अलग भयो इजरायल ?

काठमाडौं (एजेन्सी) । इजरायलका विदेश मन्त्री गिडोन सारले बिहीबार संयुक्त राष्ट्र मानव अधिकार परिषद् (यूएनएचआरसी) लाई इजरायलले अब यसमा भाग नलिने जानकारी दिएका छन् ।
इजरायलको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसङ्घको शीर्ष मानवअधिकार निकायबाट आफ्नो देश फिर्ता भएको घोषणा गरेको दुई दिनपछि आएको हो ।
सारले यूएनएचआरसीका अध्यक्ष जुर्ग लाउबरलाई लेखेका छन्, “मानव अधिकार परिषदमा इजरायलविरुद्ध जारी र निरन्तर संस्थागत पूर्वाग्रहलाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो, जुन सन् २००६ मा स्थापना भएदेखि नै जारी छ ।”
सारले परिषद राजनीतिक प्लेटफर्म भएको छ, जसको प्रयोग इजरायललाई निन्दा गर्ने र केही राजनीतिक उद्देश्यहरू अगाडि बढाउन प्रयोग गरिन्छ ।
“सन् २०२३ अक्टोबर ७ देखि परिषदले इजरायल विरुद्ध गलत जानकारी फैलाउन प्लेटफर्म प्रयोग गरेको छ ।”
इजरायली मन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, “राष्ट्रपति ट्रम्पको न्यायपूर्ण निर्णयमा सामेल भएर इजरायलले अब परिषद्मा भाग नलिने उल्लेख गरेको छ ।”
ताजा अपडेट
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
प्रतिक्रिया