मेलम्चीको पाइप फुटेर जलमग्न भएपछि भाँसियो बबरमहलको सडक

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर जलमग्न भएपछि काठमाडौंस्थित बबरमहलको सडक भाँसिएको छ । सडक भाँसिएपछि हाल आवतजावत रोकिएको छ।
पाइप फुटेपछि अनियन्त्रित रुपमा बगेको पानीले बबरमहलस्थित त्यहाँका सरकारी कार्यालयहरु डुबानमा परेका छन् भने विशेष अदालतमा सुनुवाइ रोकिएको छ ।
आज दिउँसो विद्युत् प्राधिकरणले विद्युत्का तारहरू अण्डरग्राउण्ड गर्नका लागि ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको हो ।
काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख टीकाबहादुर चौधरीले विद्युत्का तारहरू अण्डरग्राउण्ड गर्नका लागि ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको जानकारी दिए । उनले भने, “पाइप फुटेपछि पानी वितरण गर्ने भल्ब बन्द गरी पाइप सफा गर्नेकाम (वास आउट) भइरहेको छ । हालसम्म पानी बग्न भने रोकिएको छैन ।”
अन्तरनिकाय समयवय निकै कमजोर हुँदा यस्ता समस्या पटक पटक घट्ने गरेका छन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया