के ट्रम्पको आदेशले क्यानडामा थप समस्या निम्तिन सक्छ ?
काठमाडौं (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करको सम्बन्धमा अर्को आदेश जारी गरेका छन्। उनले एक नयाँ अनुसन्धानको आदेश दिएका छन् जसले काठ र फर्निचर जस्ता उत्पादनहरूमा थप कर लगाउन सक्नेछ।
ह्वाइट हाउसले क्यानडा, जर्मनी र ब्राजिलले काठ उत्पादनमा अनुदान दिने र यसले संयुक्त राज्य अमेरिकालाई हानि पुर्याउने बताएको छ। नयाँ करहरू क्यानाडाको नरम काठमा पहिले नै लगाइएको शुल्क र अर्को हप्तादेखि सबै क्यानाडाली आयातहरूमा लाग्ने २५ प्रतिशत करबाहेक हुनेछ ।
ट्रम्पले फेब्रुअरीमा क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा कर लगाउने घोषणा गरेका थिए। दोस्रो पटक राष्ट्रपतिको जिम्मेवारी सम्हालेदेखि नै ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउन माग गरिरहेका छन् जसलाई क्यानडाले अस्वीकार गर्दै आएको छ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया