बैतडीमा गोली हानेर युवकको हत्या

काठमाडौं । बैतडी गोली प्रहार गरेर एक युवकको हत्या गरिएको छ । दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र बिष्टको शनिबार साँझ गोली प्रहार गरी हत्या गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार, गोली प्रहारबाट घाइते बिष्टलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । त्यही उपचारका क्रममा उनको मृत्यु भएको हो ।
बिष्टलाई आर्थिक लेनदेनको विवादमा नाताले दाजु सोही स्थानका ४५ वर्षीय कर्ण बिष्टले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । बिष्ट अहिले फरार रहेको र उनको खोजी कार्य चलिरहेको प्रहरीले बताएको छ ।
ताजा अपडेट
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
-
विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
प्रतिक्रिया