पाकिस्तानमा रेलमाथि हमला, यात्रु बन्धक, १६ चरमपन्थी मारिए
काठमाडौं (एजेन्सी) । पाकिस्तानको बलुचिस्तान प्रान्तमा मङ्गलबार यात्रुहरूले भरिएको एक रेलमा हतियारधारी चरमपन्थीहरूले हमला गरी यात्रुहरूलाई बन्धक बनाएका छन्।
अलगाववादी समूह बलोच लिबरेशन आर्मी (बीएलए) ले यो हमलाको जिम्मेवारी लिएको छ। यो आक्रमण क्वेटाबाट पेशावर गइरहेको जाफर एक्सप्रेसमा भएको हो।
बीबीसी उर्दूका अनुसार पाकिस्तानी सैन्य स्रोतहरूले जाफर एक्सप्रेस हमलापछि अहिलेसम्म १०४ जना यात्रुहरूलाई उद्धार गरिएको दाबी गरेका छन्, भने यस अभियानमा १६ जना चरमपन्थी मारिएका छन्।
यसैबीच, जाफर एक्सप्रेसका ८० जना यात्रुहरू मच्छ रेलवे स्टेसन पुगेका छन्, जहाँ उनीहरूलाई प्राथमिक उपचार दिइएको छ।
रेलवे अधिकारीहरूका अनुसार यस रेलमा ९ वटा डिब्बा थिए र यसमा ४०० भन्दा बढी यात्रुहरू सवार थिए।
पाकिस्तानका गृहमन्त्री तलाल चौधरीले जाफर एक्सप्रेसका धेरै यात्रुहरूलाई रेलबाट उतारेर चरमपन्थीहरूले उनीहरूलाई पहाडी इलाकामा लगेको बताएका छन्।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया