रवीन्द्र मिश्रसहितका राजावादी नेता पक्राउ, नवराज नजरबन्दमा, दुर्गा फरार
काठमाडौं । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार उनीहरूलाई आज साँझ पक्राउ गरिएको हो ।
तीनकुनेमा आज घटेको घटनाका सन्दर्भमा आवश्यक सोधपुछका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजसंस्था पुनःस्थापना लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने प्रहरीले घरमै नियन्त्रणमा राखेको छ ।
त्यसैगरी, प्रहरीले अधिवक्ता स्वागत नेपाल र अन्य केहीलाई पनि पक्राउ गरेको जनाएको छ ।
आन्दोलनका कमाण्डर तोकिएका दुर्गा प्रसाईं भने फरार भएका छन् । सामाजिक सञ्जालमा प्रहरीले बोलाएको स्थानमा आफैं जाने स्ट्याटस लेखेका प्रसाईं त्यसलगत्तै फरार बनेका हुन् । प्रहरी स्रोतका अनुसार उनको खोजी कार्य चलिरहेको छ ।
ताजा अपडेट
-
कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक
-
एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड बजेट
-
विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण
-
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित
-
भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह


प्रतिक्रिया