प्रशासनले हटायो तीनकुने क्षेत्रको कर्फ्यू
काठमाडौं । राजावादीहरूको हिंसात्मक प्रदर्शनपछि तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यू हटाइएको छ ।
पहिलो पटक शुक्रबार साँझदेखि लगाएको कर्फ्यू राति १० बजेसम्म तोकेकोमा त्यसलाई थप गरेर शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो । अवस्था सामान्य बनेपछि प्रशासनले शनिबार बिहानदेखि कर्फ्यूको समय थप नगरी हटाएको हो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख ऋषिराम तिवारीले तीनकुने क्षेत्रमा गरिएको कर्फ्यू आदेश स्थगित गरिएको बताए ।
राजावादी संगठनले शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । दुई जनाको ज्यान जानेगरी भएको उक्त घटनामा कैयन् निजी तथा सरकारी सम्पत्तिमाथि आगजनी गरिएको थियो ।
ताजा अपडेट
-
कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक
-
एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड बजेट
-
विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण
-
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित
-
भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह


प्रतिक्रिया