छिमेकीको हत्या गरेर साधु, १७ वर्षपछि फन्दामा !
काठमाडौं । जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका २ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् ।
छिमेकी ढोडा मुखिया विनको ०६४ वैशाख २५ गते गोली प्रहारबाट हत्या गरी फरार भएका उनी भारतको चम्पारण पिरियास्थित रामजानकी मन्दिरमा विगत १० वर्षदेखि साधुको भेषधारणा गरी लुकिछिपी बस्दै आइरहेका थिए ।
हत्यापश्चात फरार लोकनाथलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ०६९ कात्तिक २४ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो । उनलाई नेपाल आएको मौका पारी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार पर्साको वीरगन्जबाट पक्राउ गरेको हो ।
फैसला कार्यान्वयनका लागि उनलाई आजै जिल्ला अदालत, पर्सामा पेश गरिएको ब्युरोका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया