कक्षा १२ को संशोधित परीक्षा तालिका सार्वजनिक, कुन परीक्षा कहिले ?
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को संशोधित परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले बिहीबार एक सूचना जारी गरेर संशोधित परीक्षा तालिका सार्वजनिक गरेको हो ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
संशोधित परीक्षा तालिकाअनुसार वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षाको पहिलो दिन वैशाख २१ गते रेगुुलरतर्फ अनिवार्य अंग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा र उर्दु ब्याकरण एवं साहित्यको परीक्षा सञ्चालन हुनेछ । त्यस्तै, वैशाख २२, २३, २४, २५, २६, २८, ३०, ३१, जेठ १ र २ गते पनि विभिन्न विषयका परीक्षा सञ्चालन हुने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।
यसअघि बोर्डले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो । तीन सातादेखि संघीय राजधानी काठमाडौंमा आन्दोलनरत शिक्षकहरूले उक्त परीक्षा वहिस्कार गर्ने चेतावनी दिएपछि सरकारले उक्त तालिका संशोधन गरेर वैशाख २१ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको हो ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने



प्रतिक्रिया