पाकिस्तानी सेनाको आक्रमणमा तीन भारतीयको मृत्यु

काठमाडौं । पाकिस्तानी सेनाको आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु भएको छ । काश्मिरमा पाकिस्तानी सेनाले गरेको आक्रमणमा तीन भारतीयको ज्यान गएको हो ।
समाचार संस्था रोयटर्स र एएफपीले भारतीय सेनालाई उद्धृत गर्दै कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकले ज्यान गुमाएको जनाएका छन् ।
यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतको आक्रमणमा दुई जना बालबालिकासहित सात जनाको मृत्यु भएको जनाएका छन्।
उनका अनुसार ती आक्रमणहरूमा एक मस्जिदलाई समेत निशाना बनाइएको थियो ।
भारतको उक्त आक्रमणप्रति पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले प्रतिक्रिया दिँदै पाकिस्तानलाई त्यसको जवाफ दिने पूर्ण अधिकार रहेको बताएका छन् ।
ताजा अपडेट
-
कर्णाली प्रदेश : चुरे संरक्षणलाई प्राथमिकता दिनेगरी योजना तयार गरिँदै
-
फोनपेको २१ औं एशियन पेमेन्ट नेटवर्क फोरम आयोजना सम्पन्न
-
ग्लोबल आइएमई बैंकको कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सेवा सुरू
-
के पाकिस्तानले भारतीय हवाई हमलाको जवाफ दिनेछ ?
-
भारत–पाकिस्तान तनाव : हवाई हमलापछि अहिलेसम्म के– के भयो ?
प्रतिक्रिया