पाकिस्तानी सेनाको आक्रमणमा तीन भारतीयको मृत्यु
काठमाडौं । पाकिस्तानी सेनाको आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु भएको छ । काश्मिरमा पाकिस्तानी सेनाले गरेको आक्रमणमा तीन भारतीयको ज्यान गएको हो ।
समाचार संस्था रोयटर्स र एएफपीले भारतीय सेनालाई उद्धृत गर्दै कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकले ज्यान गुमाएको जनाएका छन् ।
यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतको आक्रमणमा दुई जना बालबालिकासहित सात जनाको मृत्यु भएको जनाएका छन्।
उनका अनुसार ती आक्रमणहरूमा एक मस्जिदलाई समेत निशाना बनाइएको थियो ।
भारतको उक्त आक्रमणप्रति पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले प्रतिक्रिया दिँदै पाकिस्तानलाई त्यसको जवाफ दिने पूर्ण अधिकार रहेको बताएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया