नेप्से परिसूचक ८.८७ अंकले घट्यो
काठमाडौँ – नेप्से परिसूचक आज ८.८७ अंकले घटेको छ ।
आज नेप्से २६७९.९८ विन्दुमा कायम भएको छ ।आजको कारोबारमा विभिन्न ३१४ कम्पनीका एक करोड ८५ लाख ५ हजार ७७१ कित्ता शेयर ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज ओम मञ्जुश्री फार्मास्युटिकल लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ भने रिभर फल्स पावर लिमिटेडको शेयर ७.५६ प्रतिशतले बढेको छ । त्यसैगरि लक्ष्मी लघुवित्तको शेयर मुल्य ६.२८ प्रतिशतले बढेको छ । त्यस्तै आज सिन्धु विकास बैंकको शेयर मूल्यमा सबैभन्दा बढी ८.२८ प्रतिशतले घटेको छ भने बाराही हाइड्रोको शेयर मूल्य ६.७६ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार राढ़ी विद्युत कम्पनिको शेयर ७१ करोड ४९ लाख २८ हजार ४० रुपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
-
प्रदेश सरकार संचालनका विषयमा एमाले र नेकपाबीच तीन बुँदे सहमति
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते


प्रतिक्रिया