गृहमन्त्री लेखक दोषी नभएको काँग्रेसको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक दोषी नभएको निष्कर्ष निकालेको छ ।
सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा छानबिनको दायरामा नै नरहेको अवस्थामा बाहिरबाट दोषी करार गर्न खोजिएको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिएका छन् ।
अर्को प्रसंगमा जेठ १५ गते राजावादीले गर्न लागेको आन्दोलनका विषयमा प्रवक्ता महतले कांग्रेस संबिधानको प्रतिरक्षाको पक्षमा रहेको तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तो कब्जाको पक्षमा नरहेको स्पष्ट गरेका छन् । उनले संबिधानले दिएको अधिकार प्रयोग गर्न पाइने तर संबिधानले व्यवस्था गरेका आधारभूत कुराको विपक्षमा गतिविधि गर्न नपाइने विषयमा कांग्रेस स्पष्ट रहेको बताए ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया