अमेरिकामा अश्वेत इतिहास लेखिएका किताब पाठ्यक्रमबाट हटाइयो
वाशिंटन । अमेरिकामा बालबालिकालाई दिइने शिक्षामा दोहोरो मनोवृत्ति देखापरेको छ । फ्लोरिडामा अश्वेतहरूको उत्पीडनको इतिहास व्यक्त गर्ने पुस्तकहरू पाठ्यक्रमबाट हटाइएका छन् । क्रिटिकल रेस थ्योरी सिआरटिका कारण ती पुस्तकहरु पाठ्यक्रमबाट हटाइएको हो ।
रिपब्लिकन पार्टी शासित यो राज्यका विश्वविद्यालयहरूमा सिआरटि सिद्धान्त पढाउन प्रतिबन्ध लगाइएको छ । फ्लोरिडामा गणितअन्तर्गत आगामी सत्रको पाठ्यक्रमबाट सामाजिक भावनात्मक शिक्षाका ६४ पुस्तकहरू हटाइएका हुन् ।
कक्षा १ देखि १२ सम्मको गणितका १३२ पुस्तकमध्ये ५४ वटा क्रिटिकल रेस सिद्धान्त वा अन्य अनुपयुक्त विषय रहेकाले हटाउनु परेकाे विभागको दाबी छ । फ्लोरिडाका जनप्रतिनिधिहरूले यी पुस्तकहरूमार्फत अमेरिकी इतिहासलाई तोडमोड गर्न प्रयास गरेको बताउँछन् ।
अमेरिकामा सन् १९७० को दशकमा विद्यालयको पाठ्यक्रममा सिआरटीका पुस्तकहरू समावेश गरिएको थियो । यो सिद्धान्त सुरुदेखि नै विवादित छ ।
फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसले यस्ता पुस्तकहरुले घृणा फैलाएको बताउँदै हटाउन लागिएकाे जनाएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया