अमेरिकामा अश्वेत इतिहास लेखिएका किताब पाठ्यक्रमबाट हटाइयो

वाशिंटन । अमेरिकामा बालबालिकालाई दिइने शिक्षामा दोहोरो मनोवृत्ति देखापरेको छ । फ्लोरिडामा अश्वेतहरूको उत्पीडनको इतिहास व्यक्त गर्ने पुस्तकहरू पाठ्यक्रमबाट हटाइएका छन् । क्रिटिकल रेस थ्योरी सिआरटिका कारण ती पुस्तकहरु पाठ्यक्रमबाट हटाइएको हो ।
रिपब्लिकन पार्टी शासित यो राज्यका विश्वविद्यालयहरूमा सिआरटि सिद्धान्त पढाउन प्रतिबन्ध लगाइएको छ । फ्लोरिडामा गणितअन्तर्गत आगामी सत्रको पाठ्यक्रमबाट सामाजिक भावनात्मक शिक्षाका ६४ पुस्तकहरू हटाइएका हुन् ।
कक्षा १ देखि १२ सम्मको गणितका १३२ पुस्तकमध्ये ५४ वटा क्रिटिकल रेस सिद्धान्त वा अन्य अनुपयुक्त विषय रहेकाले हटाउनु परेकाे विभागको दाबी छ । फ्लोरिडाका जनप्रतिनिधिहरूले यी पुस्तकहरूमार्फत अमेरिकी इतिहासलाई तोडमोड गर्न प्रयास गरेको बताउँछन् ।
अमेरिकामा सन् १९७० को दशकमा विद्यालयको पाठ्यक्रममा सिआरटीका पुस्तकहरू समावेश गरिएको थियो । यो सिद्धान्त सुरुदेखि नै विवादित छ ।
फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसले यस्ता पुस्तकहरुले घृणा फैलाएको बताउँदै हटाउन लागिएकाे जनाएका छन् ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया