वार्षिक २०० युनिट विद्युत छुट दिने एकीकृत समाजवादी को प्रतिबद्धता !

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थानीय सरकारमार्फत् हरेक घर परिवारलाई वार्षिक रूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिइने प्रतिबद्धता जनाएको छ ।
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र मंगलबार सार्वजनिक गर्दै एकीकृत समाजवादीले विद्युत महसुलमा छुट दिने प्रतिबद्धता जनाएको हो ।
यसका लागि संघीय र प्रदेश तहका सरकारसँग आवश्यक समन्वय गरिने बताएको छ । आफ्नो घोषणापत्रमा विद्युत् सेवा नपुगेका हरेक घरमा आधारभूत विद्युत् सेवा पु¥याइने उल्लेख गरेको छ । यस्तै एकीकृत समाजवादीले स्वास्थ्य, शिक्षा, रोजगार, सामाजिक सुरक्षा लगाय विषयलाई समेटेर ३७ बुँदे प्रतिबद्धता जनाएको छ ।
यस्ता छन् प्रतिबद्धता :
१. जनताको अधिकार : निःशुल्क स्वास्थ्योपचार
२. शिक्षामा सुधार : प्रगतिको आधार
३. निःशुल्क खानेपानी : सुखी जिन्दगानी
४. प्रत्येक घरपरिवारलाई २०० युनिट निःशुल्क बिजुली
५. संरक्षित कृषि बजार : किसानको जीवनमा बहार
६. घरेलु तथा ग्रामीण उद्योग, आत्मनिर्भताको प्रयोग
७. उद्यमशीलता विकासका लागि विशेष योजना
८. पालिकामा युवा विभाग, हरेक वार्डमा खेल मैदान
९. खेलाडीहरूलाई सम्मान र पुरस्कारको व्यवस्था
१०. हरेक वार्डमा बगैँचा (पार्क) बनाऔँ, फलफूलका विरुवाले सडक
सजाऔँ
११. हरेक पालिकामा सुविधासम्पन्न पुस्तकालय
१२. फोहर बन्ने छ मोहर : सफा गाउँसहर
१३. सडक सञ्जाल : विकास निर्माणको पूर्वाधार
१४. जातीय छुवाछुत मेटाऔँ : मानव मर्यादा कायम गरौं
१५. सामाजिक विकासका लागि साहित्य, कला र संस्कृति
१६. बालबालिका विशेष कार्यक्रम
१७. ज्येष्ठ नागरिकको सम्मान : समुदायको सान
१८. महिलाको हित : घरपरिवार सुरक्षित
१९. तेस्रो लिङ्गी र अल्पसङ्ख्यक लैङ्गिक समुदायको हकहितबारे
२०. अपाङ्गता भएका व्यक्तिहरूको हकहितबारे
२१. भूतपूर्व सैनिक तथा प्रहरीको सम्मान
२२. श्रमिकहरूको वर्गीय तथा पेसागत हकहितबारे
२३. विपन्न वर्ग लक्षित कार्यक्रम
२४. संरक्षित पर्यायवरण, सुरक्षित सभ्यता र मानव जीवन
२५. पानीका स्रोत संरक्षणका लागि विशेष योजना
२६. पर्यटन विकासमा स्थानीय सरकार
२७. दिगो विकासका लागि एकीकृत र समन्वयात्मक योजना
२८. आधुनिक प्रविधिको उच्चतम् प्रयोग
२९. जोखिम व्यवस्थापनसहितको विकास, विपद्मा सहयोगी समाज
३०. विविधतामा एकताको शान : स्थानीय पहिचान
३१. सञ्चारकर्मी तथा सञ्चार उद्यमी प्रोत्साहन योजना
३२. भूमिहीन सुकुम्बासी समस्या समाधान
३३. द्वन्द्वपीडित राहत सहयोग कार्यक्रम
३४. गैरआवासीय नेपालीहरूबाट लगानी भित्र्याउन विशेष योजना
३५. भ्रष्टाचारमुक्त स्थानीय सरकार
३६. सुशासनसम्बन्धी जनताको मूल्याङ्कनका लागि विशेष योजना
३७. मदिरासेवन कार्डको व्यवस्था ।
एकीकृत समाजवादीको चुनावी घोषणापत्रमा एमालेको सरकारका लोकप्रिय कार्यक्रमसमेत समेटिए (पूर्णपाठसहित)
प्रतिक्रिया