एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलको बैठक आज दिउँसो बस्ने भएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको लोत्से हलमा दिउँसो १ बजे बस्ने बैठकमा संसदमा यही जेठ १५ गते प्रस्तुत बजेट र सासामयिक विषयमा छलफल हुने मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए ।
पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा आजको परिस्थितिमा बजेट केकस्तो आउनु पथ्र्यो, कस्तो आयो भन्ने विषयमा विभिन्न पाटोबाट गहन छलफल र मन्थन गरिने उनले जानकारी दिए ।
त्यसबारे उपप्रधानमन्त्री एवंम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले विश्लेषणात्मक जानकारी गराउनेछन् ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया