मनोनयन दर्ताअघि जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च आदालतले स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने व्यवस्था कायमै रहने आदेश जारी गरेको छ ।
अदालतको आदेशसँगै निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारंहिता कार्यान्वायनमा बाटो खुलेको छ । आयोगले जारी गरेको आचारसंहितामा निर्वाचित जनप्रतिनिधिले उम्मेदवार मनोनयन दर्ता अघि राजीनामा दिनुपर्ने प्रवाधान राखेको थियो ।
मंगलबार न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि कार्यान्वयन नगर्न दिएको अल्पकालीन आदेश खारेज गरेको हो ।
आयोगले जारी गरेको आचारसंहित संविधान विपरित भएको भन्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्चमा रिट दायर गरेका थिए ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया