ट्रम्पको नयाँ निर्णय: स्टिल र अलुमिनियम आयातमा ५०% कर लागू

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबारदेखि लागू हुने गरी स्टिल र अलुमिनियमको आयातमा कर दर ५० प्रतिशत पुर्याउने निर्णयमा हस्ताक्षर गरेका छन्। मार्चदेखि दोस्रोपटक गरिएको यो कर वृद्धिले दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा असर पर्ने अनुमान गरिएको छ ।
वाणिज्य क्षेत्रका विश्लेषकहरूले यो निर्णयले घरेलु बजारमा धातुजन्य वस्तुको मूल्य आकस्मिक रूपमा बढाउने चेतावनी दिएका छन्। धेरै व्यवसायीहरू उच्च लागतका कारण व्यापार प्रभावित हुने चिन्तामा छन्। कतिपय व्यवसायले स्टिल र अलुमिनियमका विकल्पमा कागज वा प्लास्टिक प्रयोग गर्न थालिसकेका छन्।
अमेरिका स्टिल आयातमा युरोपेली युनियनपछि दोस्रो स्थानमा पर्छ। प्रमुख आपूर्तिकर्ता देशहरूमा क्यानडा, ब्राजिल, मेक्सिको र दक्षिण कोरिया पर्दछन्।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया