राष्ट्रिय परिचयपत्र वितरणमा राजनीतिक दलका कार्यकर्ताको हस्तक्षेप
बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित नयाँ गाउँमा राष्ट्रिय परिचयपत्रको फारम भर्न र तथ्याङ्क संकलन गर्न आएको टोलीलाई स्थानीय राजनीतिक कार्यकर्ताले दबाब दिएर काम गराएको पाइएको छ ।
बिहान ९ बजेदेखि लाइनमा बस्दासमेत बेलुकी ५ बजेसम्ममा पनि काम नबनेको तर राजनीतिक दलका कार्यकर्ताले लाइन नबसी सिफारिस गरेका आफ्ना मानिसको भने काम बनेको स्थानीयहरूले गुनासो गरेका छन् ।
ती कार्यकर्ताले आ–आफ्ना मानिसका नागरिकता सङ्कलन गरी कर्मचारीलाई छिटो काम गर्न दबाब दिएको उनीहरूको आरोप छ ।
कार्यकर्ताहरू आफूले भनेको नमान्ने कर्मचारीहरूलाई नराम्रो व्यवहारसमेत गरेको उनीहरूको आरोप छ ।
‘हिजो फारम भरेका केही व्यक्तिको आज बिहानै काम हुनुपर्ने थियो तर भएन । उनीहरूलाई दिउँसो ३ बजेस्सम लाइनमा राखियो’, एक सेवाग्रहीले भने, ‘राजनीतिको आडमा एउटै वडावासीलाई पनि फरक–फरक नजरले हेरेको पाइयो । केही कर्मचारी र स्थानीय आज पनि काम नभएर फर्किएको देखियो ।’
राष्ट्रिय परिचयपत्र बनाउने काम बुटबलमा चार–पाँच दिनदेखि जारी छ । सुरुदेखि नै यस्तो भइरहेको स्थानीयको भनाइ छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया