फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
एएफपी । श्रीमतीको नक्कली जागिर प्रकरणका कारण पूर्वप्रधानमन्त्री फ्राँस्वाँ फिलनलाई चार वर्षको जेल सजाय तोकेको छ । उनले अदालतबाट तोकिएको शर्त पूरा गरेको खण्डमा जेलमा बस्नुपर्ने छैन ।
फिलनलाई आफ्नी पत्नी पेनिलोप फिलनलाई नक्कली संसदीय सहायकको जागिर उपलब्ध गराएको अभियोगमा सन् २०२२ मा दोषी ठहर गरिएको थियो । उक्त पदमा रहँदा पेनिलोपले सार्वजनिक कोषबाट लाखौँ रकम बुझेको देखिएको छ ।
अदालतले उनलाई तीन लाख ७५ हजार युरो (चार लाख ३३ हजार अमेरिकी डलर) जरिवाना र पाँच वर्ष निर्वाचनमा उम्मेदवारी हुन रोक लगाएको छ । यो सजाय सन् २०२२ मा सुनाइएको सजायभन्दा हल्का हो ।
सन् २०२२ मा उनलाई जेलमा बस्नुपर्ने गरी एक वर्षको सजायका लागि आदेश दिइएको थियो । फ्रान्सको सर्वोच्च पुनरावेदन अदालत, कोर्ट अफ क्यासेसनले उक्त निर्णयलाई उल्ट्याउँदै नयाँ सजायको सुनुवाइको लागि आदेश दिएको थियो ।
फिलन राष्ट्रपतीय चुनावमा पराजित भई सन् २०१७ मा प्रधानमन्त्री बनेको थियो ।
ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया