इरानको आणविक केन्द्रमा अमेरिकी आक्रमण : ट्रम्पले दिए सेनालाई बधाई
वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन आणविक केन्द्रमा बम प्रहार गरेको बताएका छन्। उनले फोरडोअ, नातान्ज र इसफाहानमा आक्रमण गरेका हुन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै विमान अहिले इरानी आकाशमा छाडिसकेको बताएका छन्। उनले इरानमा सफलता पूर्वक प्रहार गरेको समेत दाबी गरेका छन्।
इरानमा बमबारी सकेर विमान अमेरिका फर्केको उनले बताए। उनले सामाजिक सञ्जालमा आक्रमणको बारे जानकारी दिँदै सफलताका लागि सेनालाई बधाई दिएका छन्।
इरानको राज्य नियन्त्रित सञ्चार माध्यमले पनि विस्फोटको आवाज सुनिएको जनाएको छ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया