प्रधानमन्त्री ओलीको जिकिर : ‘युवाहरू तयार भए पद छाड्न तयार छु’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले युवाहरूको समय रहेको उल्लेख गरेका हुन् ।
प्रधानमन्त्री ओलीले युवाहरू अघि बढेर देश विकासमा लाग्नुपर्ने बताउँदै युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको पनि बताए ।
‘यो युवाहरूको समय हो । युवाहरू अगाडि बढ्नुपर्छ । युवाहरूले गर्न सक्नुपर्छ । यो कुरा थाहा पाएपछि भन्छन्, तपाईँले किन पद नछोडेको ?,’ प्रधानमन्त्री ओलीले भने, ‘म त छोड्न तयार नै छु नि । युवाहरू तयार हुनुपर्यो नि त । म इन्करेज गर्न चाहन्छु यूथहरूलाई ।’
प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको पनि बताएका छन् ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया