एमसिसीमा विदेशीसामू घुँडा टेक्ने देउवा नेपालीकाे प्रधानमन्त्री कि विदेशीको ? : रावल
काठमाडाैं । एमाले नेता भीम रावलले एमसिसी सम्झौतामा प्रधानमन्त्रीको भूमिकाले सन्देह पैदा गरेको बताएका छन् ।
सामाजिक संजालमा लेख्दै नेता रावलले एमसिसी पारित नभए गठबन्धन सरकार नै भंग गरिदिने चेतावनी दिने प्रधानमन्त्री विदेशीको कि नेपालीको भन्दै रावलले प्रश्न उठाएका हुन् ।
‘प्रमं देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे !! एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई वेवास्ता गर्ने तर विदेशी दवाव सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रमं कि विदेशीको ? जनतालाई जवाफ दिनुहोस् ।’ रावलले ट्वीटरमा लेखेका छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया