बानेश्वर, कलंकीलगायत क्षेत्रमा बिहानैदेखि जेनजीको प्रदर्शन
काठमाडौं । जनजीहरूले मंगलबार बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् ।
सरकारले आफूविरुद्धको प्रदर्शन रोक्न काठमाडौं, ललितपुर, भक्तपुरमा मंगलबार बिहानैदेखि कर्फ्यु आदेश जारी गरे पनि जेनजी समूहले प्रदर्शन यथावत् राखेका हुन् ।
जेनजीहरूले बिहानैदेखि वानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । सोमबारको प्रदर्शनमा सरकारले गरेको दमनको विरोध गर्दै उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका छन् ।
त्यस्तै, काठमाडौंको कलंकीमा पनि टायर बालेर बिहानैदेखि प्रदर्शन सुरु भएको छ ।
यसक्रममा त्यहाँ केहीबेर प्रदर्शनकारी र प्रहरीबीच तनावसमेत भएको थियो । लाठी प्रहार गरेर प्रहरीले आन्दोलनकारीलाई तितरबितर पारेपछि अवस्था केही सामान्य बनेको छ ।
ललितपुरको चापागाउँमा पनि जेनजी समूहले सरकारको रवैयाविरुद्ध मंगलबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।
बन्द गरिएको सामाजिक सञ्जाल खुलाउनु पर्ने, सुशासन कायम गर्नुपर्ने लगायत माग राखेर जेनजीले मंगलबार राजधानी काठमाडौंसहित देशका विभिन्न मागमा प्रदर्शन गरेका थिए । यसक्रममा प्रहरीले गोली चलाउँदा काठमाडौंमा १७ र बाहिर २ जना गरी कुल १९ जनाको मृत्यु भइसकेको छ । घटनामा सयौंको संख्यामा प्रदर्शनकारी घाइते भएका छन् ।
जेनजीहरूले जायज माग राखेर गरेको प्रदर्शनमा सरकारले बर्बर दमन गरेपछि यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्को आलोचना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्ने आवाज उठिरहे पनि अहिलेसम्म गृहमन्त्री रमेश लेखकले मात्र राजीनामा बुझाएका छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया