युक्रेनलाई थप सैन्य सहायता पठाउने अमेरिकाको घोषणा
काठमाडौं । अमेरिकाले रुसको आक्रमण झेलिरहेको युक्रेनमा थप सैन्य सहायता पठाउने घोषणा गरेको छ । रुसले युक्रेनमाथिको हमलालाई थप बढावा दिइरहेका बेला अमेरिकाले थप सहायता पठाउने भएको हो ।
बिबिसीका अनुसार, अमेरिकी राष्ट्रपति जो बाइडनले ८० करोड डलरबराबरको थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेका छन् । स्वतन्त्रता रक्षाका निम्ति सहायता गर्न लागिएको उनको भनाइ छ ।
सैन्य सहायताअन्तर्गत हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत छन् ।
सहायता सामग्री युक्रेन पुग्न भने केही समय लाग्ने बताइएको छ ।
युक्रेनमाथि रुसले गत फेब्रुवरी २४ बाट रुसले हमला गरेयता अमेरिकाले तीन अर्ब डलरभन्दा बढीको सैन्य सहायता पठाइसकेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया