चाडपर्वलक्षित सुपथ पसल आजदेखि सुरु
काठमाडौं- बडादसैँ, तिहार र छठ पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि सहुलियत पसल सुरु गरेको छ। काठमाडौंमा थापाथलीमा सञ्चालित सहुलियत मूल्य पसल सञ्चालित छ।
लिमिटेडले आजदेखि सुरु गरेको सहुलियत पसलमा प्रतिकेजी पाँच, सात र १० रूपैयाँ छुट दिइएको सूचना अधिकारी माधव मिश्रले जानकारी दिए।
दाल, चामल, चिनी, गहुँका सामग्रीमा प्रतिकेजी पाँच रूपैयाँ छुट गरिएको छ। यसैगरी तेल, चिउरा, आँटा, पीठो, मैदालगायत सामग्रीमा प्रतिलिटर र प्रतिकेजी सात रूपैयाँ छुट दिइएको छ।
चियापत्ती, जिरा, धनियाँ, रैथाने खाद्य वस्तुलगायत सामग्रीमा प्रतिकेजी १० रूपैयाँ छुट गरिएको सूचना अधिकारी मिश्रले जानकारी दिए।
सहुलियत पसल छठसम्म सञ्चालन हुने जनाइएको छ।
ताजा अपडेट
-
दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
-
प्रदेश सरकार संचालनका विषयमा एमाले र नेकपाबीच तीन बुँदे सहमति
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते


प्रतिक्रिया