दुई दिनपछि रोकियो वर्षा, ठूलो पानी पार्ने प्रणाली बागमतीबाट कोशितिर
काठमाडौं । ठूलो पानी पर्ने प्रणाली बागमती प्रदेशबाट कोशी प्रदेशतिर सरेको छ । योसँगै शुक्रबारदेखिको अविरल वर्षा रोकिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले ठूलो पानी पार्ने प्रणाली शनिबार बागमती प्रदेशमा सक्रिय बने पनि त्यो कोशी प्रदेशतिर सरेको जनाएको छ । उक्त प्रणाली कोशीतिर सरेकाले काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा ठूलो पानी पर्ने सम्भावना टरेको छ ।
बागमती, मधेश, गण्डकी लगायत प्रदेशमा शुक्रबारदेखि अविरल वर्षा हुँदा सडक आवागमन प्रभावित हुन पुगेको छ । सरकारले बेलैमा सतर्कता र सावधानी अपनाएकाले यस पटक मानवीय क्षति हुनबाट रोकिएको छ ।
बागमती प्रदेशलगायत क्षेत्रमा वर्षा रोकिएर आइतबार बिहान घाम लागे पनि पानी पर्ने सम्भावना अझै कायम रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । मधेस प्रदेशमा ठूलो पानीको जोखिम नरहे पनि आकाशमा बादल रहेकाले सानो पानीको जोखिम छ ।
पानी पार्ने प्रणाली कोशीतर्फ सरेकाले उक्त प्रदेशको पाँचथर, इलाम, झापादेखि चतरासम्मको तराईका भूभागका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ । आज पनि कुनै–कुनै ठाउँमा भारी वर्षाको सम्भावना रहेको र दिउँसोदेखि त्यो कमजोर हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारी वर्षाको खतरा रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया