भेनेजुएलाकी विपक्षी नेता मचाडोले ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार
काठमाडौँ – भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रदान गरेकी छन्।
बीबीसीका अनुसार बिहीबार ह्वाइट हाउसमा भएको निजी भेटघाटमा मचाडोले पुरस्कार ट्रम्पलाई सुम्पिएकी हुन्। भेटपछि उनले यो दिन भेनेजुएलाका लागि ऐतिहासिक भएको बताइन्।
राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा मचाडोको कदमको प्रशंसा गर्दै यसलाई पारस्परिक सम्मानको प्रतीक भनेका छन्। उनीहरूबीच प्रत्यक्ष भेट पहिलोपटक भएको हो।
भेनेजुएलामा हाल राजनीतिक संकट चुलिँदै गएको बेला मचाडोले ट्रम्पको कदमलाई समर्थन गर्दै आएकी छन्।
सन् २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलामा लोकतन्त्रका लागि गरेको संघर्षको कदरस्वरूप मचाडोलाई प्रदान गरिएको थियो।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया