विश्वव्यापी सैन्य खर्चमा वृद्धि
काठमाडौं । कोरोना महामारीले विश्वको आर्थिक प्रणालीलाई तहसनहस बनाएको बेला विश्वमा कतै पनि सैन्य खर्चमा कमी आएको छैन । यस सम्बन्धमा जारी एक रिपोर्टमा सन् २०२१ मा विश्वका तीन देश अमेरिका, चीन र भारतले सैन्य खर्चमा कुनै कटौती नगरेको बताइएको छ ।
यो वर्ष विश्वव्यापी सैन्य खर्चमा सबैभन्दा बढी वृद्धि भएको छ । सन् २०२१ मा यो खर्च बढेर २.१ ट्रिलियन डलर पुगेको छ । स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटले सोमबार आफ्नो रिपोर्टमा यो जानकारी दिएको हो ।
विश्वका सबैभन्दा धेरै खर्च गर्ने देशहरूमा अमेरिका, चीन र भारत सबैभन्दा अगाडि छन् ।
सन् २०२० काे तुलनामा अमेरिकाकाे सैन्य बजेट १.४ प्रतिशतले घटेकाे छ, दाेस्राे नम्बरमा रहेकाे चीनकाे ४.३ प्रतिशतले बढेकाे छ । त्यस्तै भारतकाे अघिल्लाे वर्षकाे तुलनामा ०.९ प्रतिशत, बेलायतकाे ३ र रुसको सैन्य बजेट सन् २०२१ मा २.९ प्रतिशतले वृद्धि भएको छ ।
संस्थानले जारी गरेको विज्ञप्तिअनुसार सन् २०२१ मा विश्वव्यापी सैन्य खर्च ०.७ प्रतिशतले बढेको छ । अमेरिका, चीन, बेलायत, भारत र रुस यस वर्ष सबैभन्दा बढी सैन्य खर्च गर्ने पाँच मुलुकमा परेका छन् । यी सबैको कुल खर्च ६२ प्रतिशत छ ।
संस्थानले जारी गरेको प्रतिवेदन तयार गर्ने वरिष्ठ अनुसन्धानकर्ता डा. डिएगो लोपेसले भने, ‘कोरोना महामारीका कारण आर्थिक प्रणाली कमजोर भए पनि विश्वव्यापी सैन्य खर्च रेकर्ड स्तरमा रह्यो।’
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया