विश्वव्यापी सैन्य खर्चमा वृद्धि

काठमाडौं । कोरोना महामारीले विश्वको आर्थिक प्रणालीलाई तहसनहस बनाएको बेला विश्वमा कतै पनि सैन्य खर्चमा कमी आएको छैन । यस सम्बन्धमा जारी एक रिपोर्टमा सन् २०२१ मा विश्वका तीन देश अमेरिका, चीन र भारतले सैन्य खर्चमा कुनै कटौती नगरेको बताइएको छ ।
यो वर्ष विश्वव्यापी सैन्य खर्चमा सबैभन्दा बढी वृद्धि भएको छ । सन् २०२१ मा यो खर्च बढेर २.१ ट्रिलियन डलर पुगेको छ । स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटले सोमबार आफ्नो रिपोर्टमा यो जानकारी दिएको हो ।
विश्वका सबैभन्दा धेरै खर्च गर्ने देशहरूमा अमेरिका, चीन र भारत सबैभन्दा अगाडि छन् ।
सन् २०२० काे तुलनामा अमेरिकाकाे सैन्य बजेट १.४ प्रतिशतले घटेकाे छ, दाेस्राे नम्बरमा रहेकाे चीनकाे ४.३ प्रतिशतले बढेकाे छ । त्यस्तै भारतकाे अघिल्लाे वर्षकाे तुलनामा ०.९ प्रतिशत, बेलायतकाे ३ र रुसको सैन्य बजेट सन् २०२१ मा २.९ प्रतिशतले वृद्धि भएको छ ।
संस्थानले जारी गरेको विज्ञप्तिअनुसार सन् २०२१ मा विश्वव्यापी सैन्य खर्च ०.७ प्रतिशतले बढेको छ । अमेरिका, चीन, बेलायत, भारत र रुस यस वर्ष सबैभन्दा बढी सैन्य खर्च गर्ने पाँच मुलुकमा परेका छन् । यी सबैको कुल खर्च ६२ प्रतिशत छ ।
संस्थानले जारी गरेको प्रतिवेदन तयार गर्ने वरिष्ठ अनुसन्धानकर्ता डा. डिएगो लोपेसले भने, ‘कोरोना महामारीका कारण आर्थिक प्रणाली कमजोर भए पनि विश्वव्यापी सैन्य खर्च रेकर्ड स्तरमा रह्यो।’
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया