पत्रकार रोशनराज पाण्डेमाथि भएको भौतिक आक्रामणप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं । पत्रकार रोसनराज पाण्डेमाथि काभ्रेमा भएको भौतिक आक्रामणप्रति नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिको ध्यानाकर्षण भएको छ ।महासंघले सोमबार विज्ञप्ती जारी गर्दै उक्त घटनामा प्रदेश समितिको ध्यानकर्षण भएको जानकारी दिएको हो ।
पत्रकार पाण्डे समितिको सचिवसमेत हुन् । पत्रकार पाण्डेमाथि आइतबार भौतिक आक्रमण भएको थियो । उक्त आक्रमणमा पत्रकार पाण्डेको अनुहार तथा टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।
यस घटनामा संविधानमा नै सबै नागरिकले आक्रमण, धम्की, डर तथा त्रासबिना शान्तिपूर्वक बाँच्न पाउने हक भएपनि सचिव पाण्डेमाथि भएको आक्रमण दण्डनीय कार्य रहेको समितिको ठहर छ ।
पाण्डेले उक्त घटनामा उनीमाथि कूल्साङ लामा र उनको समूहले आक्रमण गरेको दाबी गरेका छन् । समितिले घटनाप्रति खेद व्यक्त गर्दै घोर भत्र्सना गरेको छ । साथै समितिले दोषीलाई पक्राउ गरी कानुनको दायरामा ल्याई कानुनी राज्यको प्रत्याभूति गराउन सरकारसँग मागसमेत गरेको छ ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया