ट्रम्प भन्छन्- अमेरिकालाई आणविक खतराबाट बाहिर निकाल्छु

वाशिंटन । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारक पियर्स मोर्गनलाई अमेरिकाको कमाण्ड अझै पनि आफूसँग रहेको बताएका छन् ।
ट्रम्पले रुसी राष्ट्रपतिले ‘एन’ शब्दको अर्थ फेरि कहिल्यै पनि प्रयोग गर्न नसक्ने बताएका छन् ।
ट्रम्पले भने, ‘पुटिनले सधैं परमाणु शब्द प्रयोग गर्छन् । यसमा सबै डराउँछन् । मानिसहरु डराउने भएकाले पुटिनले बारम्बार यसको प्रयोग गर्छन् । पुटिनले आणविक हतियारको लागि पश्चिमलाई कहिल्यै धम्की दिएका छैनन्, तर फेब्रुअरीमा, जब उनले युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेपछि उनले आफ्नो बाटोमा आउन खोजे यसको परिणाम धेरै नराम्रो हुने बताए ।’
‘I believe it was a free and fair election and you lost.’
‘Then you’re a fool!’
Moment my interview with President Trump turns nasty…. Tune into @PiersUncensored on @TalkTV tonight, 8pm. 🔥 pic.twitter.com/nlpxJ5UGJN— Piers Morgan (@piersmorgan) April 25, 2022
ट्रम्पले मोर्गनसँग आफूले अमेरिकालाई आणविक खतराबाट बाहिर निकाल्ने बताएका छन् । अन्तर्वार्तामा माेर्गनलाई ट्रम्पले भने, ‘हामीसँग पुटिनको भन्दा धेरै हतियार छन् । हामी उनीहरूभन्दा शक्तिशाली छौं । तपाईंले यो शब्द फेरि प्रयोग गर्न सक्नुहुन्न ।’
ट्रम्पले भने, ‘तपाई फेरि परमाणु शब्द प्रयोग गर्न सक्नुहुन्न । यदि तपाईले यसो गर्नुभयो भने तपाईलाई समस्या हुनेछ ।’
तर, युक्रेन संकटमा ट्रम्पको भनाइ एउटै छैन । उनले कहिले वार्ता, कहिले आणविक क्षेप्यास्त्रको धम्की दिन्छन् । यसअघि फेब्रुअरीमा ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनमा सेना पठाउने आदेशलाई ‘प्रतिभाशाली’ समेत भनेका थिए ।
प्रतिक्रिया