अमेरिकाले लम्ब्यायो इरानसँगको युद्धविराम
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई लम्ब्याएको बताएका छन् । पाकिस्तानको अनुरोधमा इरानसँग युद्धविराम बढाउने बताए पनि ट्रम्मले इरानी बन्दरगाहहरूको नाकाबन्दी भने जारी राख्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले इरानले शान्ति वार्ताको लागि एकीकृत प्रस्ताव नल्याएसम्म युद्धविराम जारी राख्ने बताए ।
‘मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै हिसाबले तयार र सक्षम रहन निर्देशन दिएको छु । र, त्यसैले उनीहरूको प्रस्ताव पेश नभएसम्म र छलफलहरू कुनै न कुनै रूपमा समाप्त नभएसम्म युद्धविराम विस्तार गर्नेछु’, ट्रम्मले भनेका छन् ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया