यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध
काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान, इराक र लेबनानको यात्रामा प्रतिबन्ध लगाएको छ।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा हालको क्षेत्रीय अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जनाएको छ। अब यूएईका नागरिकहरूले यी तीन देशको यात्रा गर्न पाउने छैनन्।
त्यसैगरी, यी तीन देशमा रहेका आफ्ना नागरिकहरूलाई तत्काल स्वदेश फर्किन पनि यूएई सरकारले आग्रह गरेको छ।
सरकारी विवरणअनुसार सुरक्षा अवस्थालाई मध्यनजर गर्दै यो कदम चालिएको हो। यूएईले स्थिति निरन्तर निगरानी गरिरहेको र आवश्यक परे थप निर्देशन जारी गर्ने जनाएको छ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया