युद्ध क्षेत्र युक्रेनमा बलिउड फिल्मको छायांकन जारी, ३ कलाकार बेपत्ता
किएभ । रुस र युक्रेनबीच युद्ध जारी छ । त्यहाँ युद्धको बीचमा एउटा बलिउड फिल्मको सुटिङ पनि भइरहेको छ । छायांकन युद्ध क्षेत्रमा नै भइरहे पनि कुनै भारतीय कलाकार छैनन् ।
युक्रेनका स्थानीय कलाकारहरूले चलचित्रको छायांकन गरिरहेका छन् । यो चलचित्रको नाम ‘लभ इन युक्रेन’ राखिएको छ । फिल्मका ९० प्रतिशत कलाकार युक्रेनका छन्, तर तीमध्ये ३ जना बेपत्ता छन् । उनीहरुलाई सम्पर्क गर्न प्रयास भइरहेको छ ।
युद्धका कारण देश छोडेर गए वा मारिए भन्ने अझै पुष्टि हुन सकेको छैन । युक्रेनी युवती र एक भारतीय युवकको प्रेमकथामा आधारित फिल्मको अधिकांश भाग युद्ध सुरु हुनुअघि खिचिएको थियो । चलचित्रका निर्देशक नितिनकुमार गुप्ताका अनुसार युद्धअघि चलचित्रको सम्पूर्ण टोली युक्रेनमै थियो ।
धेरै जसो कलाकार युक्रेनकै थिए । तीमध्ये ३ जना अहिले सम्पर्कमा छैनन् । फिल्मकी नायिका एलिजा युक्रेनकी हुन् र त्यतिबेला युक्रेन सीमामा फसेकी छिन् । फिल्मको प्रचारका लागि उनलाई भारत ल्याउने प्रयास भइरहेको छ ।
रुसी सेनाले युक्रेनको राजधानी किएभ छोडेर गएपछि फिल्मको छायांकन सुरु गरिएको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया